कैलालीमा १० वर्षीय बालकको हत्या, आरोपमा एक जना पक्राउ

एटुजेड समाचार

कैलाली – कैलालीमा दश वर्षीय बालक तनुज चौधरीको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

यही असार १२ गते धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वनमा तनुज चौधरी मृत अवस्थामा फेला परेका थिए ।

उक्त घटनामा संलग्न रहेको आरोपमा गौरीगंगा नगरपालिका–६ का खगेन्द्र भन्ने खेमराज कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार कठायतलाई धनगढी उपमहानगरपालिका–२ भन्सार रोड क्षेत्रबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी ज्यानसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु