फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार

एटुजेड समाचार

पोखरा – पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा हावाहुरीका कारण तालको बिचमा अलपत्र परेकी एक युवतीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। काठमाडौँको नारायणटार स्थायी घर भई पोखरा घुम्न आएकी २३ वर्षीया रितिका फुयालको शनिबार उद्धार गरिएको हो ।

फुयालले फेवातालमा कायकिङ गरिरहेको बेला अचानक तीव्र हावाहुरी चलेको थियो । सोही कारण उनी तालको बिच भागमा अड्किएर अलपत्र परेकी थिइन् ।सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेक्वा कालिका कास्कीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको थियो । हाल उनको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु