काठमाडौँ – कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले विभिन्न ७ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् ।शुक्रबार प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिमा प्रा.डा. भोला थापालाई नियुक्त गरेका छन् ।
त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभलाई नियुक्त गरिएको छ ।
त्यस्तै पोखरा विश्वविद्यालयकाे उपकुलपतिमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयकाे उपकुलपतिमा सुजन बाबु मरहट्टालाई नियुक्त गरिएको छ । सर्टलिस्टमा परेका तीन/तीन जना मध्ये एक जनालाई कुलपति शाहले नियुक्त गरेका हुन्।


