विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला

एटुजेड समाचार

कैलाली – कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी एक बालिका खोलामा मृत फेला परेकी छिन् । लम्कीचुहा नगरपालिका–४ अम्मरपुरकी ६ वर्षीया मनिषा विक आज स्थानीय रोरा खोलाको किनारमा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । मनिषा लम्कीचुहा नगरपालिका–२ स्थित जनचेतना माध्यमिक विद्यालयको शिशु कक्षामा अध्ययनरत थिइन् ।

अभिभावकले उनलाई मङ्गलबार बिहान विद्यालय पुर्‍याएका थिए । तर, त्यसपछि उनी सम्पर्कमा नआएपछि खोजी गर्न थालिएको थियो । इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक जयबहादुर चन्द नेतृत्वको टोलीले मनिषालाई रोरा खोला किनारमा मृत फेला पारेको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु