स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

एटुजेड समाचार

सिरहा, जिल्ला सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किच्दा ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ।

बुधबार अपराह्न करिब ४:१५ बजे विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेशन एकेडेमीको बसबाट बालिकालाई झार्ने क्रममा बस अगाडि बढ्दा पछाडिको चक्काले किचेर सहचालक लहान नगरपालिका–२२ निवासी २५ वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत ५ वर्षीया समिक्षा कुमारी साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

समिक्षा सप्तरीको बोधेबरसाइन नगरपालिका–८ काचन घर भएकी हुन्। उनी हाल मावलीको घर सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका–२ पर्सामा बस्दै आएकी थिइन्।

दुर्घटनामा संलग्न बस इलाका प्रहरी कार्यालय महेशपुरपतारको नियन्त्रणमा रहेको छ। घटनापछि फरार रहेका चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु