काठमाडौं – काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को पदमा नियुक्त गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले आउदो सिजनको एनपीएललाई लक्षित गरेर शरदलाई लिएको जनाएको छ ।
शरदले २०२४ मा एनपीएलको पहिलो सिजन चितवन राइनोजबाट खेलेका थिए । अव भने गोर्खाजको क्रिकेट व्यवस्थापन, रणनिती, प्राविधिक पक्ष, खेलाडी व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्न लागेका हुन् ।
शरदको आगमनले काठमाडौं गोर्खाजको प्राविधिक र क्रिकेट व्यवस्थापन अझ मजबुत हुने विश्वास गोर्खाज व्यवस्थापनले लिएको छ । ‘प्रत्येक सिजन हामीले आफ्नो क्रिकेट व्यवस्थापनलाई अझ चुस्त बनाइरहेका छौं, क्रिकेटमा लामो समय बिताउनु भएका शरद जस्तो अनुभवी व्यक्तिको साथमा हामी मैदान भित्र र मैदान बाहिर अझ राम्रो गर्न सक्छौं जस्तो लाग्छ । शरदसँगैं काम गर्न पाउदा निकै उत्साहित छौं,’ काठमाडौं गोर्खाजले विज्ञप्तीमा भनेको छ ।


