रास्वपाको केन्द्रीय सदस्य निर्वाचनको अन्तिम परिणाम आजै सार्वजनिक हुँदै

एटुजेड समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम घोषणाको तयारी भइरहेको छ।

महाधिवेशनस्थल चितवन र प्रवासबाट भएको मतदानको गणना सकिएसँगै मतपरिणाम एकमुष्ट सार्वजनिक गर्ने तयारी गरिएको हो। नतिजाको प्रतीक्षामा उम्मेदवार तथा प्रतिनिधिहरू रहेका छन्।

चितवनस्थित महाधिवेशनस्थलमा विद्युतीय माध्यमबाट मतदान गराइएको थियो। महाधिवेशनस्थलमा खसेको मतको गणना बिहीबार दिउँसै सकिए पनि प्रवासमा रहेका सदस्यहरूले ‘एप’ मार्फत गरेको मतदानको गणना सकिएपछि मात्रै दुवैतर्फको परिणाम एकै पटक सार्वजनिक गर्न लागिएको हो।

रास्वपाको नयाँ नेतृत्व र सांगठनिक संरचनाअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि निर्वाचन भएको हो। दुवै माध्यमको गणना सकिएकाले केही बेरमै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु