रास्वपा पदाधिकारीका लागि राति सवा ९ बजेदेखि मतदान

एटुजेड समाचार

चितवन : सत्ताको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन तालिका फेरि संशोधन भएको छ।

निर्वाचन तालिका पाँचौँपटक संशोधन भएको हो। यसअनुसार पार्टी पदाधिकारीका लागि राति सवा ९ बजेदेखि मध्यराति सवा १२ बजेसम्म मतदान गर्ने समय तोकिएको छ।

साँझ ६ः३० बजेदेखि ७ बजेसम्म पार्टी पदाधिकारी पदको फारम वितरण हुनेछ। उम्मेदवारको प्रारम्भिक नाम प्रकाशित ७ः३० बजे हुनेछ। उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने समय साँझ ८ बजेसम्मका लागि तोकिएको छ।

दाबीविरोधमाथि जाँबुझ सवा ८ बजे, उम्मेदवारको नाम फिर्ता लिने अन्मित समय ८ः३० बजे, उम्मेदवारको अन्तिम नामावली साँझ पौने ९ बजे, मौन अवधि सवा ९ बजेसम्मका लागि तय गरिएको छ।  मतदान सवा ९ बजेदेखि सवा १२ बजेसम्म मतदान निर्धारण गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु