विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

एटुजेड समाचार

काठमाडौँ  : विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ।

विशेष अदालतका सदस्यत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी सात दिन थुनामा राख्न अनुमति दिएको हो।

विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि २० दिनको समय थप गर्न माग गरेको थियो ।

पौडेललाई सोमबार सुर्खेतमा पक्राउ गरी राति नै काठमाडौं ल्याएर अदालत उपस्थित गराइएको थियो ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु