सभापतिमा रविले दिए उम्मेदवारी, प्रस्तावक बने बालेन शाह

एटुजेड समाचार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह प्रस्तावक बनेका छन्।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा लामिछानेले पुनः सभापतिको दौडमा उम्मेदवारी दिएका हुन्।

उम्मेदवारी दर्ताका क्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। बालेन शाह प्रस्तावक बनेसँगै रास्वपाको महाधिवेशनमा एकताको नयाँ राजनीतिक सन्देश गएको बताइँदैछ ।

चितवनमा जारी पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारीमा रहेको रास्वपाले आगामी कार्यदिशा र संगठन विस्तारलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु