विश्वकप २०२६: सेनेगललाई हराउँदै नर्वे नकआउट चरणमा प्रवेश

एटुजेड समाचार

नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। सेनेगललाई ३–२ ले हराउँदै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको हो।

मंगलबार बिहान अमेरिकाको मेटलाइफ मैदानमा भएको खेलको ४३औं मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाएका थिए। नर्वेका एर्लिङ हाल्यान्ड ४८औं मिनेटमा गोल गर्दै टोलीलाई २ गोलको अग्रता दिलाए।

५३औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई खेल फर्काउने कोसिस गरे। तर, ५८औं मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दा नर्वेको अग्रताको दूरी बढाए। दोस्रो हाफको इन्जुरी समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा फर्किए पनि सफल हुन सकेनन्।

नर्वेले पहिलो हाफमा १–० को अग्रता लिँदा दोस्रो हाफमा दुई गोल थपेको थियो। सेनेगलले पनि दुई गोल फर्काएको थियो। तर, नर्वेलाई रोक्न सकेन।

लगातार दोस्रो जितपछि नर्वेले समूह ‘आई’ मा ६ अंक जोडेको छ। फ्रान्सको पनि समान ६ अंक छ। फ्रान्स गोलअन्तरमा शीर्ष स्थानमा रह्यो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु