अपराध अनुसन्धानबाट फिल्ड कमाण्डमा: निरीक्षक दिनेश कुँवरले खजुरी प्रहरी प्रमुखको जिम्मेवारी पाए

धनुषा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक दिनेश कुँवरलाई इलाका प्रहरी कार्यालय खजुरी, धनुषाको प्रमुखको जिम्मेवारी दिइएको छ। अनुसन्धान क्षेत्रमा अनुभव बटुलेका कुँवर अब खजुरी क्षेत्रको शान्ति सुरक्षा, अपराध नियन्त्रण र प्रहरी परिचालनको अग्रपंक्तिमा खटिने भएका छन्।

प्रहरी संगठनको नियमित सरुवाअन्तर्गत खजुरी सरुवा भएका कुँवरले जिम्मेवारी पाए सँगै सीमावर्ती तथा संवेदनशील मानिने क्षेत्रमा सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। चोरी, तस्करी, लागूऔषध कारोबार तथा अन्य आपराधिक गतिविधिविरुद्ध कडा निगरानी र प्रभावकारी कारबाही उनको प्रमुख चुनौती रहनेछ।

स्थानीय सुरक्षा अवस्थालाई थप सुदृढ बनाउँदै कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्ने सन्देशसहित कुँवरले नेतृत्व सम्हालेका छन्। अपराध अनुसन्धान शाखामा हासिल गरेको अनुभव अब खजुरी क्षेत्रमा अपराध नियन्त्रण र नागरिक सुरक्षामा प्रत्यक्ष रूपमा प्रयोग हुने विश्वास गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु