मेटा प्लेटफम्सलाई २५ अर्ब अमेरिकी डलर जरिवाना तिर्न आदेश

एटुजेड समाचार

काठमाडौं – अमेरिकाको न्यु मेक्सिको राज्यको एक अदालतले सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्म्सलाई डेटा गोपनीयतासम्बन्धी मुद्दामा २५ अर्ब अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ ।

फेसबुक प्रयोगकर्ताको व्यक्तिगत डेटा गोपनीयताबारे कम्पनीले उपभोक्तालाई भ्रमित गरेको ठहर गर्दै जुरीले दोषी ठहर गरेपछि न्यायाधीश फ्रान्सिस म्याथ्युले बुधबार उक्त जरिवानाको आदेश दिएका हुन् ।

अमेरिकी इतिहासमै कुनै कम्पनीमाथि लगाइएको सबैभन्दा ठूलो आर्थिक द*ण्डमध्ये यो एक भएको न्यु मेक्सिकोका महान्यायाधिवक्ता राउल टोरेजले बताएका छन् ।

मेटाका प्रमुख कानूनी अधिकृत सीजे महोनीले अदालतको निर्णयविरुद्ध अपिलमा कम्पनीले सफलता हासिल गर्नेमा विश्वस्त रहेको बताएका छन् । उनले न्यु मेक्सिको राज्यले लागू गर्न खोजेको कानूनी दृष्टिकोणले राज्यमा व्यवसाय सञ्चालन गर्न कठिन बनाउने दाबी गर्दै मुद्दाले अनलाइन अभिव्यक्तिमाथि नयाँ नियम लागू गर्ने प्रयास गरेको बताएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु