काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ कृष्ण पक्षको एकादशी तिथि। परमा एकादशी व्रत । सन् २०२६ जुन ११ तारिख।
आजको राशिफल :
मेष : आज महत्त्वपूर्ण कामको सुरुवात हुनेछ। परिवारको साथ लिएर अगाडि बढेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथ मिल्नेछ। व्यापरमा थप मिहिनेतको खाँचो छ ।
वृष : दिन सामान्य छ । बोलीको प्रभावले राम्रो काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नुपर्नेछ। धनसम्पत्ति आर्जन हुनेछ। मानसम्मान प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : दिन राम्रो छ । बोल्दा सचेत बन्नुपर्ने छ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले सिर्जनात्मक क्षमता बढ्नेछ। परिवारसँग सचेत बन्नुपर्नेछ। व्यवहार गर्दा तीन पटक सोच्नुपर्ने दिन ।
कर्कट : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको मूल्य प्राप्त हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। रोगबाट छुटकारा पाउने योग छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।
सिंह : शुभ दिन छ । परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ। विपक्षी शान्त रहेकाले तपाईंले सुरुवात गरेको काम सफल बन्नेछ। स्वास्थ्यमा सुधारको खाँचो देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कन्या : मन अशान्त बन्ने जोखिम छ। कुरा काट्ने धेरै भएकाले काम गर्दा सचेत हुनुपर्ने छ । परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने दिन छ। योजना सफल पार्न धैर्यताको खाँचो देखिन्छ। राज्यका तर्फबाट सेवाकोअवसर मिल्नेछ।
तुला : दिन राम्रो छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। साथीसँगको वार्ताले घरमा विवादा बढ्ने भएकाले सचेत भएर बोल्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुदृढ बन्नेछ।
वृश्चिक : दिन सामान्य छ। तपाईंले गरेको श्रमको फल अरुले लिने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
धनु : दिन राम्रो छ। आज प्रियजनसँगको भेटले मन रमाउनेछ। कतै घुमफिर तय हुनसक्छ। आज नयाँ कामको थालनी हुने सम्भावना छ। पारिवारिक मेलमिलाप हुनेछ।
मकर : यात्रामा सचेत बन्नु पर्ने छ । सहकार्य गरेर लगानी गरेमा व्यापारमा फाइदा हुनेछ। दाजुभाइसँगको सकार्यमा अगाडि बढेमा फाइदा हुनेछ । शत्रु बढ्नेछन्। धार्मिक क्षेत्रमा मन जानेछ।
कुम्भ : दिन सामान्य छ । व्यवहार गर्दा र व्यापारमा सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। बौद्धिक व्यक्तिसँग नम्र भएर व्यवहार गर्नु उचित हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्रप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
मीन : लगानी गर्दा सचेत बन्नुपर्नेछ। विपक्षीको विरोधको आवाज सुन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। शिक्षा र व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ । श्रमको मूल्य मिल्नेछ ।


