आज राति चितवनसहित देशका विभिन्न स्थानमा वर्षा, भोलि – पर्सि तराईमा गर्मी बढ्ने

एटुजेड समाचार

काठमाडौं — जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति चितवन लगायत देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ।

चितवनमा दिनभरको गर्मीपछि साँझ पानी परेको थियो भने अहिले आकाशमा बादल लागेको छ। राति समेत वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।

त्यसैगरी, भोलि मङ्गलबार कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

पर्सि बुधबार कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहने तथा तराई भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

भोलि र पर्सि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन रहने तथा गर्मी बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु