ट्राफिक कारबाहीमा परे सांसद हर्क साम्पाङ

एटुजेड समाचार

काठमाडौँ – प्रतिनिधिसभा सदस्य हर्कराज राईलाई ट्राफिक प्रहरीले ट्राफिक जरिवाना तिराएर कारबाही गरेको छ।

ट्राफिक नियमको पालना नगरी सवारीसाधन चलाएको भन्दै प्रहरीले कारबाही गरेको हो।

आज ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीले उनीमाथि कारबाही गरेको जानकारी दिएको छ।

उनीमाथि लापरबाहीपूर्वक सवारी चलाएको आरोपमा कारबाही गरिएको जनाइएको छ।

उनले गत जेठ २२ गते उदयपुर जाने क्रममा मोबाइलमा भिडियो बनाउँदै सवारी चलाएका थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु