रास्वपाको सिरहा जिल्ला अधिवेशनमा दुई समूहबीच झडप, निर्वाचन प्रक्रिया स्थगित

एटुजेड समाचार

सिरहा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिरहा जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । नेतृत्व चयनका विषयमा दुई समूहबीच आज सोमबार दिउँसो कुटाकुट भएको हो ।

जिरोमाइलस्थित अधिवेशनस्थलमा झडपमा परेर र्‍यापिड एक्सन टिमका जिल्ला प्रमुख दिनेश थापालगायत घाइते भएका छन् । जिल्ला कार्यसमिति नेतृत्व पाउने पर्ने विषयमा बढेको विवादका कारण झडप भएको थियो ।

यो अधिवेशनमा सुभाष यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनाली सभापतिका आकांक्षी छन् । जसमा रामसोगारथले आफू सर्वसम्मत हुनुपर्ने बताउँदै आएका छन् भने सुभाष र हरिले चुनावमार्फत् नेतृत्व चयन हुनुपर्ने माग गर्दै आएका छन् ।

जिल्ला अधिवेशन विवादित बनेपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार बिहान ९ बजेसम्मका लागि नेतृत्व चयन प्रक्रिया स्थगित गरेको छ ।

आयोगका प्रमुख भुवन केसीले एक विज्ञप्ति जारी गर्दै भोलिदेखि निर्वाचन प्रक्रिया सुरु हुने जनाएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु