ईश्वरी भुजेल हत्या प्रकरण : पूर्वगृहमन्त्री सुदन गुरुङ प्रहरी वृत्त पुगे, दोषीमाथि कडा कारबाहीको माग

एटुजेड समाचार

काठमाडौं – पूर्वगृहमन्त्री सुदन गुरुङ ईश्वरी भुजेल हत्या प्रकरणबारे जानकारी लिन शनिबार बालाजु प्रहरी वृत्त पुगेका छन् । नेपाली सेनामा कार्यरत गोरखा निवासी ईश्वरी भुजेलको गएराति हत्या भएको घटनापछि गुरुङले प्रहरीसँग भेट गरी घटनाको सत्यतथ्य छानबिन गर्न तथा दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका हुन् ।

गुरुङले हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका कुमार थापा मगरमाथि निष्पक्ष अनुसन्धान गरी कानुनअनुसार कारबाही अघि बढाउन प्रहरीलाई आग्रह गरे।

प्रहरी कार्यालय पुग्नुअघि उनले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरी घटनाबारे जानकारी लिएका थिए। भेटका क्रममा उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै न्याय दिलाउन आफूले आवश्यक पहल गर्ने बताए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । हत्या प्रकरणको कारण र अन्य विवरणबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु