घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते

एटुजेड समाचार

भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले घरायसी विवादमा आफ्नी श्रीमतीको हत्या गरेका छन्।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार शङ्करापुर नगरपालिका–६ नाङ्लेभारेका विदुर विश्वकर्माले घरायसी विवादमा आफ्नी ३३ वर्षीया श्रीमती सलिनालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन्। आक्रमणमा उनका आठ वर्षका छोरा त्रिशल घाइते भएका छन्।

उक्त घटना गए रातिको हो। हत्या अभियोगमा विश्वकर्मालाई पक्राउ गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु