भरतपुर – भरतपुर–२९, जुगेडी बजारमा ट्रकको ठक्करबाट पैदलयात्री वृद्ध गम्भीर घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ग. १ ख ५९५१ नम्बरको ट्रकले पैदलयात्री हाल वतन नखुलेका ६७ वर्षीय रामप्रसाद अधिकारी गम्भीर घाइते भएका हुन् ।
घाइते वृद्धको नयाँ मेडिकल कलेज भरतपुरमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र ट्रक तथा ट्रक चालक स्याङ्जाको पुतलीबजार–४ बस्ने ५१ वर्षीय भविश्वर विक जिल्ल प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


