चितवनको देवघाटमा एक महिला मृत अवस्थामा फेला

एटुजेड समाचार

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित तिमिल्सिना कुल मन्दिरको हलभित्र एक महिलाको मृत अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ८ः३० बजे हालसम्म नाम, थर र स्थायी वतन नखुलेकी अन्दाजी ५० देखि ५५ वर्ष उमेरकी महिलाको मृत्यु भएको अवस्थामा फेला परेकी हुन् । ती महिला देवघाट क्षेत्रमा मागेर जीविकोपार्जन गर्दै हिँड्ने गरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले कानुन बमोजिम मुचुल्का लगायतका आवश्यक प्रक्रिया पूरा गरेको जनाएको छ। मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु