रमा तिवारी मृत्यु प्रकरण : हत्यारा पत्ता लगाई कारबाही गर्न पिडीतकी आमाको माग

झापा –  पाँच दिन अघि रतुवा खोलाको पुल मुनि शव भेटिएकी दमक–८ की रोमा भनिने २१ बर्षीया रमा तिवारीको मृत्यु प्रकरण सत्य तथ्य अझै सार्वजनिक हुन सकेको छैन ।

१३ जेठको राती करीब साढे ९ बजे घरबाहिर निस्किएकी रोमाको शव १५ जेठमा फेला परे पनि सोमबार (१८ जेठ) मा मात्रै परिवारले दफन (अन्त्येष्टी) गरेका छन् । तिवारी परिवार इसाई धर्मावलम्बी भएका कारण इसाई परम्परा अनुसारनै सोमबार साँझ दमकको उत्तरी क्षेत्र बेलडाँगीमा उनको अन्त्येष्टी गरियो ।

प्रहरीले रोमाको शव परिक्षणका लागि धरान पठाएको थियो । सोमबार मात्रै धरानबाट उनको शव दमक ल्याएर अन्त्येष्टीका लागि परिवारको जिम्मा लगाएको र परिवारले अन्त्येष्टी गरिसकेको छ । तर मृतक रोमाकी आमा मुनाले छोरीको हत्यानै भएको दाबी गर्दै हत्यामा संलग्नहरुको पहिचान गरी यथाशीघ्र सार्वजनिक गर्न र हदै सम्मको कानुनी कारवाही गर्न माग गरिन् ।

घटनाको बिषयमा रिर्पोटिङ गर्न मृतक परिवारको घरमा आज बिहान पुगेका पत्रकारहरुसँग आफ्नो फोटो भिडियो नखिचिदन आग्रह गर्दै उनले घटनाको वास्तविक दोषी पहिचान गरेर कारवाही गर्नुपर्ने आफनो माग रहेको बताइन् ।

उनले भनिन– हिजो पनि को को आउनु भो, यहाँ हामी लाश लिएर हिंडन लागेको बेला पत्रकार कि कसले के के सोधेर फोटो खिचेर अल्मल गराउनु भयो , मलाई अरु केही छैन छोरी मार्ने मान्छे खोजी हुनुपर्यो । कारवाही हुनुपर्यो अरु कुरा मेरो केही छैन ।

उनले छोरी रमाको एक जना केटा साथीसँग पति पत्नीको जस्तै नजिकको सम्बन्ध रहेको र ति केटा साथीका परिवारका अन्य सदस्यहरुले भने उनीहरुबीचको सम्बन्धलाई इन्कार गर्ने गरेको पनि खुलासा गरिन् । छोरीले घर छोड्ने अघिल्लो दिन पनि त्यो केटाका बारेमा कुरा गरेकी थिई । सुधार केन्द्रबाट आएको छ अरे भनि । मैंले के गर्नु त आयो भने ? भन्दा पछि बिहे गर्ने कुरा छ ।

औंठी दिएर इन्गेजमेन्ट गर्ने चलन जस्तो के छ त्यो पनि गर्ने भनेको छ भन्थी । उसका दिदीबहिनीले चाहिं मेरी छोरीसँग त्यो केटाले बोलचाल गरेको उठबस गरेको मन पराउँदैन थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु