चितवनमा तेल ट्याङ्करको ठक्करबाट पैदल यात्रीको मृत्यु

एटुजेड समाचार

चितवन – चितवनको राप्ती नगरपालिकामा तेल ट्याङ्करको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

जिल्ला चितवन राप्ती नगरपालिका–२ गढ्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार राति करिब ८:१५ बजे लोथरतर्फबाट भण्डारातर्फ आउँदै गरेको ना ६ ख ७६०४ नम्बरको लोड तेल ट्याङ्करले पैदल यात्रीलाई ठक्कर दिएको हो।

ठक्करबाट राप्ती नगरपालिका–२ गढ्यौली निवासी अन्दाजी ६० वर्षीय शंकरबहादुर प्रजा गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते प्रजालाई तत्काल उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएकोमा राति ८:४८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि ट्याङ्कर र चालक जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका–१६ निवासी ३८ वर्षीय रबिन लामालाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु