नेपाली कांग्रेसको क्रियाशील सदस्यता खुला, अनलाइन आवेदन दिन सकिने

एटुजेड समाचार

नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुला गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले योग्य नेपाली नागरिकलाई पार्टीको वेबसाइटमार्फत क्रियाशील सदस्यता आवेदन दिन सक्ने व्यवस्था गरेको जनाएको छ।

पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा सोमबार ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार नेपालको संविधान, नेपाली कांग्रेसको विधान, नियमावली तथा पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गर्ने स्वदेश तथा विदेशमा रहेका योग्यता पुगेका नेपाली नागरिकले नयाँ क्रियाशील सदस्य बन्न आवेदन दिन सक्नेछन्।

कांग्रेसले सदस्यता प्रक्रियालाई सहज, सरल र प्रविधिमैत्री बनाउन पार्टीको वेबसाइटमार्फत क्रियाशील सदस्यता आवेदन फारम भर्ने व्यवस्था खुला गरिएको जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु