दैलेखमा जीप दुर्घटना : चालकसहित तीन जनाको मृत्यु

एटुजेड समाचार

दैलेख – दैलेखको भैरवी गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सुप ०१-००१ च। ४९६४ नम्बरको जिप भैरवी गाउँपालिका–५, कालगौँडामा दुर्घटना भएको हो।

दुर्घटनामा कालिकोटको शुभकालिका गाउँपालिका- ५ का ३५ वर्षीय चालक कलबहादुर रोकाय, शुभकालिका गाउँपालिका–४ का ३८ वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका- ६ की ५५ वर्षीया पुल्तीसरा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए।

प्रहरीका अनुसार घाइतेहरूको दुर्घटनास्थलबाट उद्धार गरी जिल्ला अस्पताल दैलेखमा उपचारका लागि ल्याइएको थियो। तर अवस्था गम्भीर भएकाले दुईजनालाई प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।

दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे अनुसन्धानका लागि प्रहरी प्रमुख श्रवणकुमार विकको संयोजकत्वमा छानबिन समिति गठन गरी घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु