जेन-जी चितवनद्वारा स्मार्ट तथा आधुनिक भरतपुर निर्माणका लागि महानगरपालिकामा सुझावसहित प्रस्ताव पेश

एटुजेड समाचार

चितवन — भरतपुरलाई स्मार्ट, व्यवस्थित तथा प्रविधिमैत्री सहरका रूपमा विकास गर्ने उद्देश्यसहित Gen-Z Chitwan ले भरतपुर महानगरपालिकामा विभिन्न सुझाव समेटिएको औपचारिक प्रस्ताव पेश गरेको छ।

प्रस्तावमार्फत संस्थाले महानगरको दीर्घकालीन विकास तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै स्मार्ट स्ट्रीट लाइट, निःशुल्क सार्वजनिक WiFi, CCTV निगरानी प्रणाली, स्मार्ट ट्राफिक व्यवस्थापन तथा डिजिटल सेवा प्रवाहलाई आगामी योजनामा समावेश गर्न अनुरोध गरेको जनाएको छ।

त्यसैगरी हरियाली प्रवर्द्धन, खुला व्यायामशाला निर्माण, युवा नवप्रवर्तन केन्द्र स्थापना, नदी तथा नहर संरक्षणलगायतका विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउन सुझाव दिइएको छ।

Gen-Z Chitwan का प्रतिनिधिहरूले भरतपुरलाई नेपालकै नमुना स्मार्ट सहरका रूपमा विकास गर्न स्थानीय सरकार, नागरिक समाज, निजी क्षेत्र तथा युवाहरूबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्। सकारात्मक परिवर्तनका लागि गरिएको यो पहलले भविष्यमा थप प्रभावकारी परिणाम ल्याउने विश्वास व्यक्त गरिएको छ।

प्रस्ताव पेश गर्दै संस्थाले समृद्ध, सुरक्षित, हरित तथा स्मार्ट भरतपुर निर्माणका लागि सबै सरोकारवाला पक्षको साथ, सहयोग र सहभागिता आवश्यक रहेको उल्लेख गरेको छ।

भरतपुर महानगरपालिकाले यस्ता रचनात्मक सुझावलाई आगामी नीति तथा योजनामा आवश्यक अध्ययन गरी समावेश गर्ने अपेक्षा गरिएको छ

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु