२२ करोडको ‘ऐतिहासिक रेकर्ड’ तोड्ने दबाबमा वर्तमान डिएसपी विकास अधिकारी, चर्कियो बहस, बन्ने कि बिग्रिने नयाँ इतिहास?

बिरगंज – बिरगंज भन्सार राजस्व संकलनमा तत्कालीन डिएसपी सुरज रिजालले कायम गरेको २२ करोड रुपैयाँको ‘हाइप्रोफाइल रेकर्ड’ अहिले पनि सम्बन्धित कार्यालयभित्र शक्ति, कार्यक्षमता र कडा प्रशासनिक नियन्त्रणको प्रतीकका रूपमा चर्चित छ। वर्षौंसम्म सम्भव नठानिएको रकम छोटो अवधिमै संकलन भएपछि तत्कालीन नेतृत्व एकाएक चर्चाको केन्द्रमा पुगेको थियो।

त्यतिबेला गरिएको आक्रामक अनुगमन, राजस्व चुहावटमाथिको कडाइ र फिल्डमै उत्रेर गरिएको नियन्त्रण अभियानले धेरैलाई चकित बनाएको थियो। कार्यालयभित्र वर्षौंदेखि मौलाएको ढिलासुस्ती, कमजोर निगरानी र आन्तरिक अव्यवस्थामाथि तत्कालीन नेतृत्वले सीधा प्रहार गरेको चर्चा अहिले पनि प्रशासनिक वृत्तमा सुनिन्छ।

यही कारण आज पनि त्यो कार्यकाललाई धेरै कर्मचारीहरूले “राजस्व संकलनको स्वर्णकाल” भनेर सम्झिने गरेका छन्।

तर अहिले परिस्थिति फेरिएको छ। नेतृत्व फेरिएको छ। जिम्मेवारी सम्हालेका छन् वर्तमान डिएसपी विकास अधिकारी। तर पद सम्हालेको पहिलो दिनदेखि नै उनीमाथि एउटा ठूलो प्रश्न छायाँ झैँ पछ्याइरहेको छ । “के विकास अधिकारीले २२ करोडको ऐतिहासिक रेकर्ड तोड्न सक्लान्?” यही प्रश्न अहिले कार्यालयभित्र मात्रै होइन, प्रशासनिक गल्ली, राजनीतिक वृत्त र सर्वसाधारणबीच समेत चर्को बहसको विषय बनेको छ।

स्रोतहरूका अनुसार तत्कालीन डिएसपी सुरज रिजालको कार्यकालमा राजस्व चुहावट नियन्त्रणका लागि ‘जिरो कम्प्रोमाइज’ नीति अपनाइएको थियो। रातदिन फिल्ड अनुगमन, आकस्मिक निगरानी र कमजोर पक्षमाथिको कडा कारबाहीका कारण राजस्व प्रणाली एकाएक सक्रिय बनेको दाबी गरिन्छ।

Forbes

कतिपय कर्मचारीहरू अहिले पनि भन्छन् — “त्यो बेला कार्यालयभित्र ढिलासुस्ती गर्ने वातावरण नै थिएन।” राजस्व संकलनको ग्राफ एकाएक उकालो लागेपछि तत्कालीन नेतृत्वको प्रशंसा मात्र भएन, कतिपयले त्यसलाई ‘रेकर्ड ब्रेकिङ प्रशासनिक एक्सन’ समेत भन्न थालेका थिए।

तर अहिले वर्तमान नेतृत्वमाथि चुनौतीको चाप झन् बढ्दो छ। आर्थिक गतिविधि कमजोर बन्दै गएको अवस्था, चुहावट नियन्त्रणको जटिलता, आन्तरिक दबाब र सीमित स्रोतसाधनका बीच २२ करोडको रेकर्ड उछिन्ने कुरा सजिलो नभएको जानकारहरू बताउँछन्।

अर्कोतर्फ आलोचकहरूले भने अझ कडा प्रश्न उठाउन थालेका छन्। उनीहरूको भनाइ छ — “नयाँ नेतृत्वले परिणाम दिन नसके पुरानो रेकर्ड झन् ठूलो भएर देखिनेछ।”

कतिपयले अहिले नै तुलना सुरु गरिसकेका छन्। सामाजिक सञ्जालदेखि कार्यालयभित्रका अनौपचारिक छलफलसम्म एउटै चर्चा छ “विकास अधिकारीले नयाँ इतिहास बनाउने हुन् कि पुरानो रेकर्डकै दबाबमा कमजोर सावित हुने?”

यद्यपि निकट स्रोतहरूका अनुसार वर्तमान डिएसपी विकास अधिकारीले कार्यालयभित्र आन्तरिक निगरानी प्रणाली बलियो बनाउने, चुहावट नियन्त्रण कडा गर्ने तथा राजस्व संकलनलाई प्राथमिकतामा राखेर रणनीतिक रूपमा काम सुरु गरिरहेका छन् तर भने सफलता भने ठुलो हासिल हुन सकेको छैन गलत सूचना को आधारमा छापा हानेर आफ्नो कार्यकाल कमजोरी बनाउदै छन् ।

तर जनअपेक्षा अहिले निकै उच्च छ। मानिसहरू स्टन्ट होइन, परिणाम हेर्न चाहिरहेका छन्। किनकि २२ करोडको रेकर्ड अब सामान्य उपलब्धि रहेन, त्यो अहिले प्रतिष्ठा, क्षमता र नेतृत्वको परीक्षा बनेको छ।

प्रशासनिकमा त यहाँसम्म चर्चा हुन थालेको छ कि अबको केही महिनाले वर्तमान नेतृत्वको वास्तविक क्षमता सार्वजनिक गर्नेछ। यदि राजस्व संकलनमा उल्लेखनीय सुधार देखिएन भने तुलना झन् तीव्र बन्ने निश्चित छ। कतिपय विश्लेषकहरू भन्छन्, “रेकर्ड बनाउनु ठूलो कुरा हो, तर त्यो रेकर्ड तोड्नु झन् कठिन कुरा हो।”

अहिले सबैको नजर एउटै व्यक्तिमाथि केन्द्रित छ — डिएसपी विकास अधिकारी,उनले पुरानो इतिहास मेटेर नयाँ कीर्तिमान बनाउनेछन्? कि तत्कालीन डिएसपीको २२ करोडको रेकर्ड अझै वर्षौंसम्म अटुट रहनेछ?

अबको कार्यसम्पादनले मात्रै तय गर्नेछ वर्तमान नेतृत्व नयाँ इतिहास रच्नेछ, कि पुरानै कीर्तिमानको छायाँमा सीमित हुनेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु