६१ दिनका लागि १ खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

एटुजेड समाचार

काठमाडौं – नेपाल राष्ट्र बैंकले ६१ दिने अवधिको लागि निक्षेप संकलन उपकरणमार्फत शुक्रबार बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्ने भएको छ ।

कर्जा प्रवाह न्यून हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता रहँदै आएको छ । जसको असर ब्याजदरमा परिरहेको छ । राष्ट्र बैंकले विभिन्न माध्यमबाट अधिक तरलता खिच्ने काम गर्दै आएको छ । यो निक्षेप उपकरणमा बैंक तथा वित्तीय संस्थाले राख्न चाहेको रकम तथा ब्याज कबुल गरेर दिउँसो ३ बजेसम्म अनलाइनबिड गर्न सक्नेछन् । यस्तो रकमको बोलकबोलबाटै ब्याजदर तय हुन्छ ।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड तथा अधिकतम कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन् ।निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु