काफल बेच्ने महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरी कारबाहीमा, पीडितलाई क्षतिपूर्ति

एटुजेड समाचार

काठमाडौँसुर्खेतको वीरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार गरी सडकमा काफल पोख्ने नगर प्रहरीमाथि कारबाही गरिने भएको छ।

वीरेन्द्रनगर नगरपालिकाले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महिलालाई दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गर्ने जानकारी दिएको हो।

नगरपालिकाले पीडित महिलालाई उचित क्षतिपूर्ति दिने निर्णय भएको विज्ञप्तिमार्फत जनाएको छ। नगर प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ।

वीरेन्द्रनगरस्थित सिटी बसपार्क नजिक मंगलबार साँझ उक्त घटना भएको बताइएको छ।

भिडिओमा नगर प्रहरीले महिलामाथि दुर्व्यहार गर्दै डालाको काफल सडकमा पोखेको देखिन्छ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु