काठमाडौं – मुगुको कार्मारोङ गाउँपालिकामा आयोजित ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ प्रतियोगिता सुरु भएको छ । ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ आइतबार बिहान देखि औपचारिक रुपमा सुरु भएको हो ।
हिमाली भू–भागको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छायाँनाथ क्षेत्रलाई विश्वसामु चिनाउने उद्देश्यसहित यो प्रतियोगिता सञ्चालन गरिएको हो । यो आयोजनामा ५१ जना खेलाडी सहभागी रहेका छन ।
३३ किलोमिटर दुरीको यो प्रतियोगिता किर्मीदेखि छायाँनाथ धाम, चितै गाउँ, चितै कुना हुदै पुलु बजार सम्म पुगेर आजै बेलुका सम्पनन् हुनेछ ।


