बालेन सरकारसंग आशावादी जनकपुरवासी, अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुनेमा विश्वस्त

जनकपुर – वर्षौदेखि निर्माणाधिन अवस्थामा रहेको राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंङ्गशाला कहिले सम्पन्न हुन्छ भन्ने प्रश्न धनुषावासीले प्रत्येक दिन सोध्ने गर्छन । मधेश प्रदेशको राजधानी एवम राजनीतिक परिवर्तनको जडको रुपमा रहेको जनकपुरमा दैनिक कुनै न कुनै मन्त्री र नेता आउने गर्छन् । उनीहरुसँग जनकपुरवासीले एउटै प्रश्न गर्छन–‘रंङ्गशाला कहिले निर्माण हुन्छ ?’

पटक पटक स्थानीय सरकार, केन्द्र सरकार र प्रदेश सरकार फेरिए पनि रंङ्गशाला निर्माणको सपना पूरा हुन सकेको छैन् । हुनत उपमहानगरपालिकाले रंगशाला सुरक्षित राख्न तारबार गरेको छ तर यो बाहेक अरु कुनै भौतिक निर्माणको काम अगाडि बढ्न सकेको छैन ।

बुधबार (हिजो) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पनि रंङ्गशाला निर्माण स्थलको अवलोकन गरे । स्थानीय खेलाडी र विभिन्न विद्यालयका विद्यार्थीहरु खेल अभ्यास गरिरहेका थिए । मन्त्री पोखरेलले अवलोकन गरिरहँदा उपस्थित स्थानीयवासी र खेलाडीहरुको एउटै प्रश्न थियो–‘रंङ्गशाला कहिले सम्पन्न हुन्छ ?’

मन्त्री पोखरेलले, राज्यले पहिलादेखि ध्यान नदिएका कारण सम्भावना बोकेको रंङ्गशाला निर्माणाधिन अवथामा रहेको बताए । उनले काठमान्डौ पुगेर रंङ्गशाला निर्माण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको अनुदान रकम कहाँ पुगेको छ भन्ने जानकारी लिनुका साथै चाँडै काम अगाडि बढाउने आश्वासन दिए ।

प्रतिनिधि सभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट विजय भएका रास्वपाका सांसद मनिष झाले आफ्नो ऐजेन्डामै रंगशाला निर्माण गर्ने भनेकामा उनको जितले थप आशा पलाएको मधेश प्रदेश क्यानका उपाध्यक्ष रोशन सिंह बताउँछन् ।

Forbes

वि.सं २०७५ सालमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आउँदा एकसय करोड रुपैयाँ जनकपुरधामको विकासमा सहयोग गर्ने घोषणा गरेका थिए ।

जेनजी आन्दोलन पश्चात निर्माण भएको सुशीला कार्की नेतृत्वको सरकारका बेला पनि मन्त्री कुलमान घिसिंङले अनुगमन गरेर रंङ्गशालाको कार्य अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।

रास्वपा नेतृत्वको सरकारले रंङ्गशाला निर्माण सम्पन्न गर्नसके धनुषावासीको लागि मात्र नभएर यो सम्पूर्ण प्रदेशवासीका लागि गौरवको विषय हुने स्थानीयवासीहरु बताउँछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु