भरतपुरमा सीए र एसीसीए अध्ययनका लागि छात्रवृत्ति परीक्षा आयोजना गर्दै गुरुकुल सीए

एटुजेड समाचार

भरतपुर – सीए तथा एसीसीए अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि गुरुकुल सीएले विशेष छात्रवृत्ति परीक्षा आयोजना गर्ने भएको छ ।

संस्थाका अनुसार परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने एक जना विद्यार्थीलाई १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।

त्यसैगरी दोस्रो हुने एक जनालाई ७५ प्रतिशत र तेस्रो हुने एक जनालाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइनेछ ।

साथै, परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

यो छात्रवृत्ति परीक्षा विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरूका लागि खुला गरिएको हो। सीए तथा एसीसीए क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु