काठमाडौं – मेगा कलेजका प्राचार्य एवम प्रमुख डा.घनश्यामप्रसाद साहले अध्ययन–अनुसन्धान, कानुन तथा कर (ट्याक्स) सम्बन्धी विषयलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताएका छन् । उनले डिजिटल अर्थतन्त्र र दिगो विकासलाई पनि प्राथमिकता दिएको प्रष्ट पारे ।
डा. साहले सम्मेलन आगामी जेठ १ र २ गते कलेज परिसरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने जानकारी लिए । सम्मेलनमार्फत आएको निष्कर्षले मुलुकको नीति निर्माणमा सहयोग पुग्न विश्वास व्यक्त गरे ।
उनले भने, ‘अन्तर्राष्ट्रिय सम्मेलनका लागि कानुन तथा ट्याक्ससँग सम्बन्धित इस्यूज तथा रिसर्चहरु गरेको छौं । सार्क राष्ट्रका जतिपनि प्रोफेसर, अध्ययन वा अनुसन्धानकर्ताहरूलाई एकै पटक बोलाएर सम्मेलन गर्न लागे हौं । उहाँहरुले गर्नुभएको अनुसन्धानहरु हाम्रा लागि उपयोगी हुनेछन्।’
त्यस्ता अनुसन्धानले सरकारका कमीकमजोरी औंल्याउने र नीति निर्माणमा सुधार गरेर लैजान प्रेरित गर्ने अपेक्षा गरिएको उनले बताए । उनका अनुसार मेगा कलेजमा पढ्ने विद्यार्थीहरु एजुकेशनमा मात्र नभइ एजुकेशनलाई मार्केटसँग जोड्नुपर्छ र त्यसमा अनुसन्धानले ठूलो भूमिका खेल्नेछ।
सम्मेलनमा नेपालकै अनुसन्धानकर्ता, भारतका धेरैजसो विश्वविद्यालयका अनुसन्धानकर्ता, सार्क देशका अनुसन्धानकर्ताहरुको उपस्थिति रहने जानकारी दिए । उनका अनुसार सम्मेलनले विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउनु, बजारमा राम्रो जागिर पाउनु र उद्यमशिलता गराउन प्रेरित गर्नेछ ।
उनले भने ‘यसअघि भएको अन्तर्राष्ट्रिय सम्मेलनले मार्केटमा विद्यार्थीहरुले राम्रो अवसर पाएका थिए ।’ आफ्ना कलेजका विद्यार्थीहरु राष्ट्रिय वा अन्तर्राष्ट्रिय बजारमा फिट गराउनका लागि पनि सम्मेलनको आवश्यक्ता भएको उनको भनाइ थियो ।
यसपटक सम्मेलनअन्तर्गत रणनीतिक व्यवस्थापन र नेतृत्व, डिजिटल रूपान्तरण तथा नवप्रवर्तन, बजार व्यवस्थापन र उपभोक्ता व्यवहार, वित्त तथा दिगोपन, उद्यमशीलता र साना तथा मझौला उद्योग, मानव संसाधन व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक नीति, हरित अर्थतन्त्र र जिम्मेवार व्यवसाय, साथै कर तथा कानुनी पक्षजस्ता विविध विषयमा शोत्रपत्र र कार्यपत्रहरु प्रस्तुत एवं छलफल हुनेछ ।
सम्मेलनबाट विशेषगरी अनुसन्धानकर्ता, प्राध्यापक, उद्योगी–व्यवसायी, नीति निर्माता तथा स्नातकोत्तर तहका विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।


