काठमाडौं । सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुलीसम्म जाने उक्त सडकखण्डमा बाढीको सम्भावित जोखिमका कारण सवारी सञ्चालनमा रोक लगाइएको हो।
मिति २०८३ वैशाख २१ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सो सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको प्रहरीले जनाएको छ।


