चितवन – चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन आयोजना गर्ने भएको छ । यहि २०८३ असार ७, ८ र ९ गते पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनको गर्ने तय गरेको हो ।
महाधिवेशनमा देशभरबाट नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने जनाइएको छ । आयोजकका अनुसार कार्यक्रममा करिब ४ देखि ५ हजार प्रतिनिधि तथा सहभागी उपस्थित हुने अपेक्षा गरिएको छ ।
रास्वपा भरतपुर महानगर प्रमुख सिता ज्ञवालीका अनुसार सहभागीहरूको व्यवस्थापनलाई मध्यनजर गर्दै चितवनमा उपयुक्त स्थान र समय छनोट गरिनेछ । ठूलो संख्यामा आउने नेता–कार्यकर्तालाई सहज र व्यवस्थित रूपमा सहभागिता गराउन आवश्यक तयारी अघि बढाइएको उनले बताइन् ।
महाधिवेशनमा पार्टीका सभापतिसहित शीर्ष नेतृत्वको विशेष उपस्थिति रहनेछ । रास्वपाले आफ्नो पहिलो महाधिवेशनलाई संगठन विस्तार, भावी राजनीतिक रणनीति तथा नयाँ नेतृत्व चयनको महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।


