एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

एटुजेड समाचार

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। यस वर्ष एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्षको तुलनामा यसपालि उत्तीर्ण प्रतिशत वृद्धि भएको छ। गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

बोर्डका अनुसार परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने सरकारको घोषणा अनुसार नतिजा प्रकाशन गरिएको हो।

यस वर्षको परीक्षामा कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी सहभागी थिए।

त्यस्तै, जापानस्थित एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी पनि एसईई परीक्षामा सहभागी भएका थिए।

देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिएको बोर्डले जनाएको छ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु