काठमाडौँ – सरकारले केहीबेरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्दैछ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको जनाएको छ।
बोर्डका अनुसार एसईईको नतिजा विभिन्न माध्यमबाट हेर्न सकिने व्यवस्था गरिएको छ। विद्यार्थीहरूले एसएमएस, आईभीआर (फोन कल) तथा विभिन्न आधिकारिक वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सक्नेछन्।
एसएमएसमार्फत नतिजा हेर्न विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गएर सम्बन्धित कोड टाइप गरी पठाउनुपर्नेछ। नेपाल टेलिकममार्फत १६०० नम्बरमा कल, एसएमएस वा यूएसएसडी सेवाबाट पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ। त्यस्तै, जानकी टेक्नोलोजीजको ३५००१ र एम्बिसन गुरूको ३१०६१ मा एसएमएस गरेर पनि नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ।
त्यसैगरी, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० तथा राष्ट्रिय परीक्षा बोर्डका आधिकारिक वेबसाइटसहित विभिन्न मान्यता प्राप्त साइटहरूबाट पनि नतिजा हेर्न सकिने व्यवस्था छ।
नतिजा हेर्न सकिने केही प्रमुख वेबसाइटहरू:
- www.see.gov.np
- www.neb.gov.np
- www.see.ntc.net.np
- www.ekantipur.com
- www.see.edusanjal.com
- https://khalti.com/app
- see.collegeinfonepal.com
- https://theconnectplus.com
- https://ncellapp.ncell.com.np/result
- result.neemaacademy.com
- resultayo.com
- see.ambition.guru
- https://see.merostudy.net
- nebeducation.com/see


