नेपाल ‘ए’ को क्लिनस्विप, अन्तिम खेलमा अमेरिका ८ रनले पराजित

एटुजेड समाचार

आइसिसी विश्वकप लिग २ को आफ्नो सातौं शृंखला अघि नेपाल ए ले अमेरिका र स्कटल्यान्डविरुद्धको शुंखला क्लिनस्विप गरेको छ। अमेरिकासँगको आफ्नो अन्तिम खेलमा नेपाल ८  रनले विजयी भयो।

नेपालले दिएको २६५ रनको लक्ष्य पछाएको अमेरिकाले ४१.१ ओभरमा सबैविकेट गुमाएर २५७ रन मात्र बनायो। अमेरिकाका लागि सेहान जयसुरियाले सर्वाधिक ७१ रन बनाए।

नेपालका लागि शेर मल्लले ४ विकेट लिए।

त्यसअघि मूलपानी माथिल्लो क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपाल ए ले ४९.५ ओभरमा सबै विकेट गुमाएर २६४ रन बनायो। नेपालका लागि सन्दीप जोराले शतक पारी खेले। सन्दीपले ११५ बलमा १११ रन बनाए। उनले ९ चौका र ४ छक्का समेत प्रहार गरे।

नेपाल ए ले अमेरिका र स्टकल्यान्डसँग समान दुई दुई अभ्यास खेल खेलेको छ। स्टकल्यान्डलाई दुई पटक हराएको नेपालले डिएलएस मेथडबाट अमेरिकालाई पहिलो अभ्यास खेलमा ९ रनले पराजित गरेको थियो।

Forbes

नेपाल, अमेरिका र स्टकल्यानडबीचको आइसिसी विश्वपक लिग २ का खेलहरु मंगलबार सुरु हुनेछन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु