रत्ननगरमा मोटरसाइकलको ठक्करबाट वृद्ध महिलाको मृत्यु

एटुजेड समाचार

भरतपुर – चितवनको रत्ननगर नगरपालिका–१४ घोलचोकमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु भएको छ।

शनिबार साँझ करिब ७ बजे टाँडीबाट भट्टचोकतर्फ जाँदै गरेको ग ८ प २००८ नम्बरको मोटरसाइकलले पैदलयात्री स्थानीय ७५ वर्षीया कृष्णमाया मगरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई तत्कालै उपचारका लागि बकुलहर अस्पताल, टाँडी लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु