रास्वपाले फाइभस्टार होटलमा प्रशिक्षण राखेको भन्दै आशिका तामाङ असन्तुष्ट

एटुजेड समाचार

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सांसदहरूका लागि फाइभस्टार होटल वा हल सापटी लिएर प्रशिक्षण राखिएको भन्दै आपत्ति जनाएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राज्यको स्रोतको दुरुपयोग र फजुल खर्चको कम गर्ने भनिरहेकै समयमा यसरी महँगो होटल स्थानमा कार्यक्रम गर्नु उपयुक्त नहुने तर्क गरिन्।

उनले लेखेकी छिन्,  ‘सांसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभस्टार होटल नै या अरू बाहिर कसैसँग हल सापटी लिएर गर्नुपर्ने कुनै बाध्यता पक्कै होइन होला, सिंहदरबारमा त्यस्ता सभा हल कति छन् कति, बाहिर किन? बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखा जोखा कसले गर्ने ?’

उनले थप भनेकी  छिन्, “सांसदहरूलाई सुरक्षाको लागि महँगा हलहरुमा कार्यक्रम गरिएको हो भने के एक दिन मात्र चाहिने हो सुरक्षा? अरु दिन चाहिँ पर्दैन? हामी आफैँ परिवर्तनको पक्षमा हिँडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उही भने जस्तो भयो भने पुराना र हामी नयाँमा के फरक भयो त?”

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु