काठमाडौंमा भूकम्पको धक्का

एटुजेड समाचार

काठमाडौं – बुधबार साँझ काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा काठमाडौँको मातातीर्थ क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प २.९ म्याग्निच्युडको रहेको छ । भूकम्पको तीव्रता कम भएकाले ठूलो क्षतिको विवरण भने प्राप्त भएको छैन ।

साँझको समयमा अचानक धक्का महसुस भएपछि केही स्थानका सर्वसाधारण घरबाहिर निस्किएका थिए। सामाजिक सञ्जालमा पनि धेरैले भूकम्प महसुस भएको प्रतिक्रिया जनाएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु