इरानको सपिङ सेन्टरमा आगलागी: ८ को मृत्यु, ४० भन्दा बढी घाइते

एटुजेड समाचार

तेहरान — इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा अन्दीशेह सहरमा अवस्थित अर्घावन सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

मंगलबारदेखि सुरु भएको आगलागीमा परेर ४० जना घाइते भएको इरानको सरकारी टेलिभिजन आईआरआईबीले जनाएको छ । उक्त भवनमा २५० भन्दा बढी व्यापारिक एकाइहरू सञ्चालनमा रहेको जनाइएको छ ।

भवनको अग्रभागमा प्रयोग गरिएको मिश्रित सामग्रीका कारण आगो छिट्टै फैलिएको अन्दीशेह सहरको अग्नि नियन्त्रण विभागका प्रमुख अली पाइदारले बताएको इरानी विद्यार्थी संगठन (आईएसएनए)ले जनाएको छ ।

आईएसएनएले इरानको रेड क्रिसेन्ट सोसाइटीलाई उद्धृत गर्दै तालिम प्राप्त कुकुरहरूसहित उद्धार  खोजी र उद्धारका लागि घटनास्थलमा रहेको बताएको छ ।

आगलागी के कारण भएको भन्नेबारे अधिकारीहरुले अनुसन्धान गर्दै गरेको आईआरआईबीले जनाएको छ ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु