हावाहुरीले छतको रेलिङ भत्किँदा महिलाको मृत्यु

एटुजेड समाचार

हावाहुरीले घरको छतको रेलिङ भत्किएर खस्दा सिरहामा एक जना महिलाको  मृत्यु भएको छ।

मिर्चैया नगरपालिका–११, सितापुर टोलकी करिब ७५ वर्षीया कारीदेवी महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार हावाहुरीका कारण घरको छतमा लगाइएको इँटाको रेलिङ भत्किएर  घरको बरन्डामा बसिरहेकि महरा टाउकोमाथि खसेको थियो ।

घाइते उनलाई उपचारका लागि मिर्चैयास्थित मंगलम अस्पताल पुर्याउदा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय सिरहाका सूचना अधिकारी  डीएसपी  रमेशबहादुर पालले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु