बुद्ध जयन्तीको लागि सिंगारिँदै स्वयम्भूनाथ क्षेत्र 

भोली बुद्ध जयन्ती मनाइँदैछ। वैशाख शुक्लपक्षको पूर्णिमा तिथिमा गौतम बुद्धको जन्मजयन्तीको अवसरमा काठमाडौंस्थित स्वयम्भूनाथ क्षेत्रलाई विशेष रूपमा सिंगारिएको छ।

बुद्ध जयन्तीलाई लक्षित गर्दै स्तूपा, मन्दिर परिसर र मौलिक कलाकृतिहरूलाई रंगरोगन गरी सजावट गरिएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस क्षेत्रलाई आकर्षक बनाउने कार्यसँगै भक्तजन र पर्यटकहरूको आगमन पनि बढ्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु