नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

एटुजेड समाचार

काठमाण्डौ – नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले श्रेष्ठलाई पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी लिए ।

नेपाल बिमा प्राधिकरण कुपण्डोलले नेपाल माइक्रो इन्स्योरेस कम्पनीसमेतको संलग्नतामा बिमा ऐन २०७९ को दोा १४० को उपदफा १ को खण्ड छ अनुसार कसुर गरेको उजुरीका आधारमा अध्यक्ष श्रेष्ठलाई पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठलाई कागेश्वरी मनोहरा-५बाट पक्राउ गरी थप अनुसन्धान जारी राखेको श्रेष्ठले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु