राति अबेरसम्म निन्द्रा नलागेर हैरान हुनुहुन्छ? अपनाउनुहोस् यी उपाय

एटुजेड समाचार

चितवन – अहिलेको समयमा राति निन्द्रा नपर्ने समस्या आम भइसक्यो । अधिकाशं मानिस राति बेलैमा राम्ररी निदाउन नसक्दा समस्यामा पर्ने गरेका छन् ।

धेरैलाई थाहा नहुन सक्छ, खाना जतिकै निन्द्रा पनि शरिरको लागि अत्ति आवश्यक पर्दछ । यसकालागि मानिस दैनिक न्युनतम ७/८ घण्टा निदाउन आवश्यक छ । अन्यथा निद्रा प्रभावित भएमा दैनिक कामकारबाहीदेखि स्वास्थ्यमा समेत असर पर्दछ ।

अनिद्राले चिढचिढाहट हुने, काममा मन नलाग्ने, आँखाको तल्लो भागमा कालो घेरा देखिने, पेटसम्बन्धी समस्या हुने तथा दिर्घकालिन रुपमा उच्च रक्तचाप, मोटोपना, मधुमेह रोग समेत हुन सक्छ । तर निद्राले शरीर र मस्तिष्क दुबैलाई स्वस्थ एवम् चुस्त राख्दछ ।

बढी चिन्ता लिने, मनमा कुरा खेलाउने तथा एकाग्र हुन नसक्नेहरुमा अनिन्द्राको समस्या हुने गर्दछ । अनिद्रा मदिरा तथा लागुपदार्थ सेवन, मानसिक तथा शारीरिक समस्या बाहेक अन्य कारणले पनि हुनसक्छ । लगातार अनिन्द्रा भएमा चिकित्सकको परामर्श लिन अत्यन्त आवश्यक छ ।

अनिन्द्राबाट बच्न, राति अबेरसम्म जागा बस्नु हुँदैन । थकाइ लागेको समयमा नै सुत्नुपर्छ । साथै सधैं दिनहुँ सुत्ने र उठ्ने समय एकनाशको हुनु पर्दछ । यस अलावा सुत्ने ओच्छ्यान र वातावरण निन्द्रा जगाउने खालको हुनु पर्दछ । सुत्ने कोठा अँध्यारो र शान्त हुनुपर्छ । एजेन्सीको सहयोगमा

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु