उपत्यकाका १,२७२ अतिक्रमित घरटहरा भत्किए

एटुजेड समाचार

काठमाडौँ – नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा अतिक्रमित गरी बनाइएका १ हजार २७२ घरटहरा भत्काएको जनाएको छ।

शनिबारदेखि शुरु भएको अभियान जारी रहेको र अझै ३७८ वटा घरटहरा हटाउन बाँकी रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार काठमाडौँ उपत्यकाअन्तर्गत थापाथली, गैरीगाउँ–बानेश्वर, मनोहरा जडीबुटी (काठमाडौँ) र मनोहरा बस्ती (भक्तपुर) क्षेत्रमा गरी कुल १ हजार ६५० घरटहरा रहेका थिए।

थापाथलीमा शनिबार १४३ वटा घरटहरा पूरै भत्काइएको छ। त्यहाँका ३४ परिवारका जम्मा ११५ जनालाई कीर्तिपुरस्थित राधास्वामी सत्संग भवनमा राखिएको प्रहरीले जनाएको छ।

त्यसैगरी गैरीगाउँ बानेश्वर क्षेत्रमा कुल ५७८ वटा घरटहरा रहेका थिए। तीमध्ये २१५ वटा पक्की र ३६३ वटा कच्ची घर थिए।

Forbes

शनिबार ५६५ वटा घरटहरा भत्काइएको थियो। त्यस क्षेत्रमा अझै १५ वटा पक्की घर भत्काउन बाँकी रहेको छ।

यसैगरी मनोहरा जडीबुटी क्षेत्रमा आइतबार ११४ वटा घरटहरा सबै भत्काइएको छ। त्यहाँ करिब ५५० देखि ६०० जनासम्म प्रभावित भएको अनुमान गरिएको छ।

मनोहरा बस्ती भक्तपुरतर्फ भने कुल ८१५ वटा घरटहरा रहेकामा ७७० वटा पक्की र ४५ वटा कच्ची संरचना रहेका थिए। तीमध्ये ४५० भन्दा बढी घरटहरा भत्काइएको छ भने करिब ३६५ वटा हटाउन बाँकी रहेको प्रहरीले जनाएको छ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु