आईपीएल: चेन्नईलाई हराएर गुजरात पाँचौं स्थानमा

एटुजेड समाचार

काठमाडौँ – गुराजत टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा आइतबार चेन्नई सुपर किंग्सलाई आठ विकेटले पराजित गर्दै प्ले अफका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेको छ ।

चेन्नईमा भएको खेलमा जितका लागि १ सय ५९ रनको लक्ष्य पाएको गुजरातले दुई विकेट गुमाएर २० बलको खेल बाँकी छँदै १ सय ६२ रन बनायो । त्यसमा ओपनर साई सुदर्शनले ८७ रन बनाए । उनले ४६ बलमा चार चौका र सात छक्का प्रहार गरे । साईले कप्तान शुभमन गिलसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे । शुभमन २३ बलमा ३३ रन बनाएर आउट भए । त्यसपछि साईले जस बटलरसँग मिलेर थप ९७ रनको साझेदारी गरे ।

बटलरले नटआउट रहेर ३० बलमा ३९ रन बनाए । उनले छक्का प्रहार गर्दै जितको औपचारिक पूरा गरे । उनको इनिङ्समा चार चौका र एक छक्का सामेल थियो । यो जितपछि गजुरातको ८ अंक भएको छ र पाँचौं स्थानमा उक्लेको छ । चेन्नई भने ६ अंकमै सीमित रह्यो ।

त्यस अगाडि पहिले ब्याटिङ ब्याटिङको निम्तो पाएको चेन्नईले सात विकेटमा १ सय ५८ रन बनाएको थियो र यसमा सबैभन्दा ठूलो योगदान रह्यो, कप्तान ऋतुराज गायाकवाड । ओपनरका रूपमा उनले ६० बलमा ७४ रन बनाए र नटआउट पनि रहे । उनको ब्याटबाट छ चौका र चार छक्का निस्केको थियो ।

उनलाई छाडेर अरू खासै योगदान दिन सकेनन् । शिवम दुबेको २२ रन नै दोस्रो ठूलो व्यक्तिगत स्कोर थियो, त्यसैले चेन्नई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्न असफल रह्यो । गुजरातका बलरमध्ये दक्षिण अफ्रिकाका कगिसो रबाडा सबैभन्दा सफल रहे र उनले २५ बलमा दुई विकेट लिए ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु