एकदिवसीय क्रिकेट : जितसँगै ओमानविरुद्ध नेपाल ‘ए’ को श्रृंखला बराबरी

एटुजेड समाचार

काठमाडौँ – तीन ब्याटरको अर्धशतक प्रेरणामा नेपाल ‘ए’ क्रिकेट टोलीले ओमानसँगको दोस्रो एकदिवसीय खेलमा जितसँगै श्रृंखला बराबरी गरेको छ।

मूलपानीमा शुक्रबार भएको दोस्रो एकदिवसीय खेलमा ब्याटिङमा साथ पाउँदा नेपाल ‘ए’ ले ओमानमाथि ११५ रनको जित निकाल्दै दुई खेलको श्रृंखलामा बराबरी गरेको हो। अनिलकुमार साहको कप्तानी रहेको नेपाल ‘ए’ ले पहिलो खेल ७० रनले हार बेहोरेको थियो। तर, दोस्रो खेलमा तीन ब्याटरको अर्धशतकसँगै बलिङमा पनि साथ पाएपछि नेपाल ‘ए’ ओमानमाथि पूर्ण हाबी भयो।

आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक श्रृंखला खेल्न आएको ओमानसँग नेपाल ‘ए’ को उत्कृष्ट प्रदर्शनसँगै सिनियर टोलीलाई आत्मबल बढेको छ। शनिबारदेखि ओमान, नेपाल र संयुक्त अरब इमिरेट्स ९युएई० सम्मिलित लिग–२३ को त्रिकोणात्मक शृंखला सुरु हुँदै छ।
लिग–२ को अंकतालिकामा शिर्ष तीनभित्र रहेको ओमानले भने हारबाट त्रिकोणात्मक शृंखला सुरु गर्ने भएको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ ले २८५ रनको लक्ष्य दिएको थियो। जबाफी ब्याटिङ गरेको ओमान ३६.३ ओभरमा १६९ रनमा नै अलआउट भयो। खराब शुरुवात गरेको ओमानका लागि मध्य क्रमका ब्याटर मुजिबुर अलीले ४३ रन बनाए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु