होटल पौवाको “स्वाद उत्सव” : ३ दिनमा २ हजारले चाखे स्वाद

एटुजेड समाचार

भरतपुर – होटल पौवा भरतपुरद्वारा आयोजित “स्वाद उत्सव” कार्यक्रम सम्पन्न भएको छ । यही चैत्र २६ गतेदेखी २८ गते सम्म सन्चालन भएको “स्वाद उत्सव” कार्यक्रममा २ हजारभन्दा बढीले पौवाको स्वाद चाखेका छन् ।

होटलले आफ्नो स्थापना दिवस तथा दशौं वार्षिकोत्सवको अवसर पारेर विशेष “स्वाद उत्सव” कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रम होटल परिसरमै आयोजना भएको थियो ।

होटलका महाप्रबन्धक राम प्रसाद रेग्मीका अनुसार “स्वाद उत्सव” भरतपुर शाखा सहित देशभर रहेका पौवाका अन्य शाखाहरूमा समेत एकैसाथ सञ्चालन भएको थियो । उत्सव मार्फत ग्राहकलाई फरक–फरक परिकारको अनुभव गराइेको थियो ।

कार्यक्रम अवधिभर हरेक दिन दुई प्रकारका विशेष स्वाद (एउटा भेज र अर्को नन-भेज) आइटम ग्राहकलाई चखाइने व्यवस्था गरिएको थियो ।

होटल पौवाको “स्वाद उत्सव” कार्यक्रमहरूले आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय खानाका परिकारको प्रचार–प्रसार र ग्राहकसँगको सम्बन्ध अझ मजबुत बनाउने बिश्वास लिएको छ ।

Forbes

त्यसैगरी, नेपाली नयाँ वर्ष २०८३ को स्वागतका लागि चैत ३० गते साँझ विशेष “शुभकामना साँझ २०८३” कार्यक्रमको पनि आयोजना गरिएको छ।

उक्त कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहने बताइएको छ, जसले उत्सवलाई अझ आकर्षक र मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु